१ असार २०७९, बुधबार
१. सरकारले कहिलेदेखि लागू
हुने गरी आइतबार बिदा दिने व्यवस्था खारेज गरेको हो ?
@ वि.सं. २०७९ असार १
– २०७९ जेठ २३ को मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको ।
– सरकारले इन्धन खपत घटाउन भन्दै साताको दुई दिन (शनिबार र
आइतबार) सार्वजनिक बिदा दिने तथा बाँकी समय बिहान साढे ९ बजेदेखि साँझ साढे ५
बजेसम्म कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । परीक्षणका रूपमा लागू गरिएको बिदा जेठ १ देखि कार्यान्वयनमा आएको थियो ।
२. नेपाल प्रहरीको इतिहासमा
पहिलो पटक प्रशासनतर्फबाट महिला एआईजी बन्न सफल व्यक्तित्व को हुन् ?
@ पूजा सिंह
– २०७९ जेठ २३ को मन्त्रिपरिषद्को बैठकले पूजा सिंहलाई एआईजीमा
बढुवा गरेको ।
– यसअघि प्राविधिकतर्फ महिला एआईजी भए पनि प्रशासनतर्फबाट भने
महिला डीआईजीसम्म मात्र पुगेका । पार्वती थापा र विमला थापा १० वर्षअघि साधारण उपसमूहतर्फ डीआईजी भएका ।
– २०४९ चैतमा इन्स्पेक्टरमा भर्ना भएकी सिंह गत माघमा डीआईजीमा
बढुवा भएकी ।
३. विश्व खाद्य स्वच्छता दिवस
कहिले मनाइन्छ ?
@ जुन ७
– सन् २०२२ को नारा : स्वच्छ सन्तुलित आहार : स्वस्थ जीवनको आधार
– सन् २०१८ डिसेम्बर २० का दिन संयुक्त राष्ट्रसङ्घको महासभाले
जुन ७ का दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेअनुसार सन् २०१९ देखि
हरेक वर्ष विश्वव्यापी रूपमा यो दिवस मनाउँदै आइएको ।
– खाद्य स्वच्छता प्रत्याभूत गर्न नेपाल सरकारले राष्ट्रिय
खाद्य स्वच्छता नीति – २०७६ जारी गरी कार्यान्वयनमा ल्याएको ।
– विगत वर्षहरूमा जस्तै यस वर्ष पनि जुन १ देखि ७ सम्म
सप्ताहव्यापी रूपमा समेत यो दिवस मनाइएको ।)
४. नेपाल सङ्गीत तथा नाट्य
राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ बाट सम्मानित हुने कलाकार को को हुन् ?
@ रङ्गकर्मी ऋद्धिचरण श्रेष्ठ,
वरिष्ठ जलतरङ्गवाधक मोहनप्रसाद जोशी,
वरिष्ठ नृत्य निर्देशक विणा राजभण्डारी जोशी,
वरिष्ठ नाट्यकर्मी मनबहादुर मुखिया,
वरिष्ठ सर्जक मोहनकृष्ण कार्की ढली,
वरिष्ठ लोकसर्जक अमर विरही गुरुङ
– (पुरस्कार राशि जनही एक लाख रुपियाँ रहेको ।)
५. विश्व वातावरण दिवस कहिले
मनाउने गरिन्छ ?
@ जुन ५
– नेपालमा ‘पृथ्वीको संरक्षण : दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने राष्ट्रिय
नाराका साथ यो दिवस मनाइएको । सन् २०२२ मा स्विडेनको स्टकहोममा सन् १९७२ मा भएको वातावरणसम्बन्धी सम्मेलनको स्वर्ण (५० वर्ष पुगेको अवसरमा)
वार्षिकोत्सवसमेत मनाइएको ।
– वातावरणसम्बन्धी स्टकहोम सम्मेलन, १९७२ ले तय गरेको नारा ‘ओन्ली
अन अर्थ’लाई ५० वर्षपछि आएर फेरि पुनर्जागृत गर्नुले ब्रह्माण्डमै जीवन जिउन योग्य
एक मात्र ग्रह पृथ्वीको वैशिष्ट्य र यसको संरक्षणमा प्रतिकूल विद्यमान मानवीय
क्रियाकलापलाई सुधार गर्नुपर्ने अपरिहार्यतालाई थप उजागर गरेको ।
– सन् १९७३ देखि यो
दिवस मनाउँदै आइएको ।
६. आर्थिक सर्वेक्षण २०७८/७९
अनुसार नाफामा रहेका सार्वजनिक संस्थान कति छन् ?
@ २२ (घाटामा रहेका संस्थान : १९ र कारोबार शून्य भएका संस्थान : २)
७. अन्तर्राष्ट्रिय सगरमाथा
दिवस कहिले मनाइन्छ ?
@ मे २९
– (सन् २०२२ को नारा : एभरेस्ट : पिक अफ द वल्र्ड, प्राइड अफ नेपाल)
८. अन्तर्राष्ट्रिय
मुद्राकोषका अनुसार सन् २०२२ मा विश्वको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?
@ ३.६ प्रतिशत
९. पोखराबाट जोमसोमका लागि
उडेको तारा एयरको विमान कहिले दुर्घटना भएको हो ?
@ वि.सं. २०७९ जेठ १५
– तारा एयरको ९ एन एईटी जहाज दुर्घटना हुँदा तीन चालक दलसहित
२२ जनाको ज्यान गएको ।
– १५ गते बिहान १०ः१० बाट सम्पर्क विच्छेद भई मुस्ताङको आकाशमा
हराएको सो विमान भोलिपल्ट थासाङ–२ को मानापाथी हिमालको फेद सानसुरे भीरमा भेटिएको
थियो ।
१०. सगरमाथाको शिखर चुम्ने
पहिलो कतारी महिला को हुन् ?
@ राजकुमारी आस्मा वित्त थानी अल–थानी
– उनी सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी । उनले सगरमाथाको उत्तर र दक्षिण दुवैतर्फबाट सफल आरोहण गरेकी ।
११. फिल्म क्षेत्रको
प्रतिष्ठित मानिएको कान्सफिल्म फेस्टिभलमा स्पेसल मेन्सन अवार्ड जित्न सफल नेपाली
सर्ट फिल्म कुन हो ?
@ लोरी
– अविनाशविक्रम शाहद्वारा निर्देशित फिल्म लोरीले कान्स फिल्म
फेस्टिभलमा पहिलो पटक सर्ट फिल्म विधातर्फ स्पेसल मेन्सन अवार्ड चुमेको ।
१२. राष्ट्रिय महिला अधिकार
दिवस कहिले मनाइन्छ ?
@ जेठ १६
– (वि.सं. २०७९ को नारा : महिलाको सम्मान : सभ्य
समाजको निर्माण ।)
१३. वि.सं. २०७९ जेठ २ गते
कतिऔँ बुद्ध जयन्ती मनाइयो ?
@ २५६६औँ
१४. बुद्ध जन्मस्थल लुम्बिनीमा
निर्मित अन्तर्राष्ट्रिय सभा हल तथा ध्यान केन्द्रको उद्घाटन कहिले गरियो ?
@ वि.सं. २०७९ जेठ २
– चार बिघा क्षेत्रफलमा निर्माण भएको उक्त सम्मेलन केन्द्रको
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा उद्घाटन गरिएको ।
– पाँच हजार जना क्षमताको सम्मेलन केन्द्रको २०७५ वैशाख १७ गते
शिलान्यास भएको थियो ।
– छाता शैलीमा निर्मित सम्मेलन केन्द्रमा मुख्य तीनवटा सेन्सर
ढोका र ५२ वटा साधारण ढोका रहेका ।
१५. नाइटिङ्गेल नर्सिङ
अवार्डबाट सम्मानित हुने नेपाली को हुन् ?
@ नर्स विमला श्रेष्ठ
– उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा
कार्यरत रहेकी ।
– यो पुरस्कार अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा हरेक वर्ष
प्रदान गरिँदै आएको ।
१६. देशभरका ७५३ स्थानीय तहका
जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल कहिले पूरा भएको हो ?
@ वि.सं. २०७९ जेठ ५
१७. सबैभन्दा धेरै स्थानीय तह
भएको जिल्ला कुन हो ?
@ सर्लाही (११ नगरपालिका र नौ गाउँपालिका गरी २० स्थानीय तह)
– सबैभन्दा धेरै
स्थानीय तह भएको प्रदेश : प्रदेश १ (१३७)
– सबैभन्दा कम स्थानीय
तह भएको प्रदेश :कर्णाली प्रदेश (७९)
– दुई/दुईवटा
उपमहानगरपालिका भएको जिल्लाको
सङ्ख्या : तीन (सुनसरी : धरान र इटहरी, बारा :जितपुर र कलैया तथा दाङ
:तुलसीपुर र घोराही)
१८. क्षेत्रफलका हिसाबले
सबैभन्दा ठूलो उपमहानगरपालिका घोराही (दाङ) हो भने सबैभन्दा सानो उपमहानगरपालिका
कुन हो ?
@ नेपालगञ्ज, बाँके
१९. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिकामा कम्तीमा कति वडा हुनुपर्ने व्यवस्था छ ?
@ पाँच (बढीमा २१ वडा)
– (नगरपालिकामा कम्तीमा नौ वडा र बढीमा ३५
वडा हुने गरी निर्धारण गर्नुपर्ने प्रावधान रहेको ।)
२०. नेपालमा हाल कति प्रजातिका
चरा भेटिएको अभिलेख छ ?
@ ८९०
– हालै चितवनको गैडहवामा भेटिएको नयाँ प्रजातिको चरासँगै
नेपालमा चराका प्रजातिको सङ्ख्या ८९० पुगेको ।
– ‘चाइनिज पोन्ड हेरोन’ नामक प्रजातिको यो चरा चीन, भारत अनि भियतनाममा पाइने गरेको ।
– सिमसार क्षेत्रमा बस्न रुचाउने यो चराले विशेषतः माछा, भ्यागुतालाई आफ्नो आहारा बनाउने
गरको ।
२१. अजर अमर सम्मान २०७८ बाट
सम्मानित हुने व्यक्तित्व को हुन् ?
@ माणिकरत्न स्थापित
२२. मधुपर्क सम्मान (गद्य)
२०७९ बाट सम्मानित सर्जक को हुनुहुन्छ ?
@ पुरुषोत्तम बस्नेत
– उहाँले मधुपर्क प्रकाशनको सुरुदेखि नै यस मासिक तथा अन्य
विभिन्न प्रकाशनमार्फत नेपाली साहित्यमा विशिष्ट योगदान दिनुभएको ।
– त्यस्तै मधुपर्क सम्मान (पद्य) २०७९ बाट गणेश रसिक सम्मानित
हुनुभएको ।
– उहाँले मधुपर्क मासिक तथा अन्य विभिन्न प्रकाशनमार्फत नेपाली
साहित्यमा विशिष्ट योगदान दिनुभएको उहाँ कविता, गीत, संस्मरण, उपन्यास र गायनमा सुपरिचित
हुनुहुन्छ ।
– त्यसैगरी मधुपर्क प्रतिभा सम्मान, २०७९ बाट युवा पुस्ताका सर्जक
मोमिला जोशी सम्मानित हुनुभएको । कविता, निबन्ध र सम्पादनमा उहाँको कलम
सशक्त मानिन्छ ।
– सबै पुरस्कारको राशि जनही ३५ हजार रुपियाँ रहेको ।
२३. सन् २०२४ मा हुने
ग्रीष्मकालीन ओलम्पिक (समर ओलम्पिक) खेलकुद प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ?
@ फ्रान्स
२४. रगत नीलो हुने समस्या के
को कमीका कारणले हुन्छ ?
@ पाइरिडोक्सिन
२५. नासाको ‘दाविन्ची प्लस’ र
‘वेरिटास’ मिसन केसँग सम्बन्धित छ ?
@ शुक्र ग्रह मिसन
२६. काठमाडौँमा आयोजित १०औँ
नेपाल अफ्रिका फिल्म फेस्टिभल अवार्ड २०२२ मा अन्तर्राष्ट्रिय विधातर्फको अवार्ड
जित्न सफल लघु फिल्म कुन हो ?
@ घोस्ट अफ स्पेसटाइम (मोरक्को)
– बुर्किनाफासोको आई अफ द स्ट्रोमले उत्कृष्ट फिल्मको अवार्ड
जितेको ।
– राष्ट्रियतर्फ कृषा चौलागार्इंको ऐना लघु फिल्म तथा माधवराज
खरेलको कुइनेटोले उत्कृष्ट लघु फिल्मको अवार्ड जितेको ।
– कुइनेटोबाटै अभिनेता श्रीदेव भट्टराईले जुरी अवार्ड र जीवन
पराजुलीले छायाँकारको अवार्ड जितेका ।
– महोत्सवमा लघु फिल्म ऐनाबाट कृषाले क्रिटिक्सतर्फ निर्देशक र
भूपेन्द्र अधिकारीले सम्पादकको अवार्ड जितेका ।
२७. ‘युनाइटेड नेसन पब्लिक
सर्भिस डे’ कहिले मनाइन्छ ?
@ जुन २३
प्रस्तुतकर्ता : टंक केसी